सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रस्तावित चार न्यायाधीश#लुम्बिनी विकास कोष#उपाध्यक्ष आनी छोइङ डोल्मा#नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन #प्रस्तावित चार न्यायाधीश#लुम्बिनी विकास कोष#उपाध्यक्ष आनी छोइङ डोल्मा#नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन
राजनीति

निर्वाचन आयोगद्वारा देउवा र गगन पक्षसँग छलफल

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २ माघ, २०८२ मा प्रकाशित
निर्वाचन आयोगद्वारा देउवा र गगन पक्षसँग छलफल
काठमाडौं, माघ २ :

निर्वाचन आयोगले कांग्रेसको आधिकारिताको टुंगो लगाउन दुबै पक्षसँग अहिले छलफल गरिरहेको छ। विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका गगन थापा पक्षले  पार्टीको विधानमा भएको व्यवस्थाबारे जानकारी गराएको छ ।

उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा गएको केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूले विधानमा भएको विशेष महाधिवेशनको व्यवस्थाबारे व्याख्या गरेका छन्। देउवा पक्ष भन्दा अगाडि पुगेर जानकारी गराएको हो ।

देउवा पक्षबाट कार्यबहाक सभापति पूर्णबहादुर खड्कासहितको प्रतिनिधि पनि आयोग पुगेका छन् ।  दुबै पक्षले बुझाएको आधिकारिक दाबी गरिएको कागजपत्रको अध्ययन गरिरहेको आयोगले उनीहरुको कुरा सुन्न छलफलमा बोलाएको हो ।

दुवै पक्षले आफूले नै आधिकारिकता पाउनु पर्ने दाबी गर्दै आएका छन् । नेता खड्काले आफूहरुले आधिकारिकता नपाएर आन्दोलनमा गएर निर्वाचन नै हुन नदिने पत्रकार सम्मेलनमा बताएका थिए । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष तर्फको उम्मेदवारी मनोनयनको प्रक्रिया माघ ६ गतेबाट सुरु हुँदैछ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार