बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई वैधानिकता

आयोगमा देउवा समूहको नाराबाजी
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २ माघ, २०८२ मा प्रकाशित
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई वैधानिकता
काठमाडौै, माघ २ :

निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिएको छ । आयोगको निर्णयसँगै गगनकुमार थापा मूल कांग्रेसको सभापति भएका छन् ।

निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्तसहित अन्य आयुक्तहरू र पदाधिकारीको बैठकले गगन पक्षलाई वैधानिकता दिएको हो । आयोगको शुक्रबार बसेको बैठकले विशेष महाधिवेशनलाई वैधता प्रदान गर्दै त्यसले गरेको निर्णयलाई अद्यावधिक गर्ने निर्णय गरेको हो । देउवा पक्षको दाबी अस्वीकृत भएको छ । गगनको पक्षले आधिकारिकता भएपछि देउवा समूहले विरोध गर्दै नाराबाजी गरेका छन् ।

निर्णय दिनु अघि आयोगले आज दुबै पक्षसँग छलफल गरेको थियो । यसअघि दुई पक्षले आ-आफ्नो दाबीसहितको विवरण बिहीबार आयोगमा बुझाएका थिए। आफूलाई संस्थापन पक्ष दाबी गरेको देउवा पक्षले निर्णय आफ्नो पक्षमा नआए निर्वाचन प्रभावित हुने चेतावनी दिएको छ। पुस २७देखि ३० सम्म भृकुटीमण्डपमा भएको पार्टीको विशेष महाधिवेशनले थापालाई पार्टी सभापतिमा चयन गरेको थियो । 

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार