मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सभापति गगन थापा#चितवन राइनोज#विराटनगर#प्रधानमन्त्री राहत कोष#खेलकुदमन्त्री सस्मित पोखरेल#एसपी रूपेश खड्का#धनुषाका सभापति लक्ष्मेश्वर यादव#प्रदीप पौडेल#कांग्रेस महामन्त्री#स्वीप अपरेसन#कागेश्वरी मनोहरा नगर अस्पताल#सार्वजनिक सुनुवाइ#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम #सभापति गगन थापा#चितवन राइनोज#विराटनगर#प्रधानमन्त्री राहत कोष#खेलकुदमन्त्री सस्मित पोखरेल#एसपी रूपेश खड्का#धनुषाका सभापति लक्ष्मेश्वर यादव#प्रदीप पौडेल#कांग्रेस महामन्त्री#स्वीप अपरेसन#कागेश्वरी मनोहरा नगर अस्पताल#सार्वजनिक सुनुवाइ#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम
समाचार राजनीति

राष्ट्रियसभाको अधिवेशन आइतबारदेखि

· शनिबार, ३ माघ, २०८२ मा प्रकाशित
राष्ट्रियसभाको अधिवेशन आइतबारदेखि
काठमाडौं, माघ ३ :

राष्ट्रियसभाको १९औँ अधिवेशन यही माघ ४ गते आइतबारदेखि सुरु हुँदैछ ।

नयाँ वानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन जेनजी आन्दोलनका क्रममा जलेर ध्वस्त भएकाले सङ्घीय संसद् सचिवालय, सिंहदरबारमा अधिवेशन सञ्चालन हुनेछ ।

अधिवेशनको तयारीका लागि अध्यक्ष नारायणप्रसाद दाहालले शुक्रबार कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका थिए । अधिवेशनको पहिलो बैठकमा अध्यक्ष दाहालले राष्ट्रपतिबाट अधिवेशन आह्वानको पत्र पढेर सुनाउने र हालै निधन हुनुभएका नेपाली कांग्रेसका सांसद बलदेव बोहराप्रति शोकप्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले अधिवेशनको सबै तयारी पूरा भएको जानकारी दिए । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को गत पुस २८ गतेको सिफारिसमा यही माघ ४ गते आइतबारका दिन ११ बजे राष्ट्रियसभाको अधिवेशन आह्वान गरेका थिए । गत भदौ ३१ गते राष्ट्रियसभाको १८औँ अधिवेशन अन्त्य भएको थियो ।

यसैबीच, निर्वाचन आयोगले यही माघ ११ गते राष्ट्रियसभाको १९ सदस्यका लागि निर्वाचनको तयारी पनि गरेको छ । राष्ट्रियसभा सदस्यमा एकजना निर्विरोध निवर्नचित भइसक्नुभएको आयोगले जनाएको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार