बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल #शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल
समाचार प्रदेश बागमती प्रदेश

नगरपालिकाको छड्के अनुगमन : कागेश्वरी मनोहरा–९ का मासु पसललाई सुधारको निर्देशन

७ दिनभित्र सुधार नगरे कारबाहीको चेतावनी
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ८ माघ, २०८२ मा प्रकाशित
नगरपालिकाको छड्के अनुगमन : कागेश्वरी मनोहरा–९ का मासु पसललाई सुधारको निर्देशन
तस्बिर : युवराज बिक/ सक्रिय न्युज
काठमाडौं, माघ ८ :

कागेश्वरी मनोहरा नगरपालिका–९ नं का अधिकांश मासु पसलहरूमा म्याद गुज्रिएको, सडेगलेको तथा अस्वस्थ मासु बिक्री भइरहेको फेला परेको छ।

नगरपालिकाको टोलीले बुधबार र बिहीबार गरेको छड्के अनुगमनका क्रममा मासु पसलहरूमा सरसफाइको अभाव, फोहोर वातावरण र म्याद नाघेको मासु बिक्री भइरहेको फेला पारेको हो। अनुगमनका क्रममा उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने अवस्थाहरू देखिएपछि सम्बन्धित पसलहरूलाई सचेत गराइएको छ।

अनुगमन टोलीले ती मासु पसलहरूलाई ३ देखि ७ दिनभित्र सरसफाइ तथा स्वास्थ्य मापदण्डमा सुधार ल्याउन निर्देशन दिएको छ। तोकिएको समयभित्र देखिएका सबै त्रुटि सच्याएर स्वस्थता र सरसफाइमा ध्यान नदिए कानुनी कारबाही अघि बढाइने चेतावनी पनि दिइएको छ।

नगरपालिकाले आफ्नो क्षेत्रभित्र बिक्री हुने खाद्य सामग्रीहरूको गुणस्तर सुनिश्चित गर्न बुधबारदेखि नगरका सबै वडाहरूमा छड्के अनुगमन अभियान सुरु गरेको जनाएको छ। यो अभियान निरन्तर रूपमा सञ्चालन हुने कागेश्वरी मनोहरा नगरपालिकाकी उपप्रमुख शान्ता थापाले जानकारी दिइन्।

अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रणका प्रतिनिधि, सम्बन्धित वडाका जनप्रतिनिधि तथा प्रहरीको सहभागिता रहेको थियो। नगरपालिकाले उपभोक्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै यस्ता अनुगमनलाई अझ प्रभावकारी बनाउँदै लैजाने जनाएको छ।

 

 

 

 

 

 

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार