आइतबार, २५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान #घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान
राजनीति

भ्रष्टाचार निवारण र सुशासन कायम गर्न सभालाई प्रभावकारी बनाउनुपर्नेमा अध्यक्ष दाहालको जोड

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ९ माघ, २०८२ मा प्रकाशित
भ्रष्टाचार निवारण र सुशासन कायम गर्न सभालाई प्रभावकारी बनाउनुपर्नेमा अध्यक्ष दाहालको जोड
काठमाडौं, माघ ९ :

राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले भ्रष्टाचार निवारण र सुशासन कायमको लक्ष्य हासिल गर्न सभालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।

शुक्रबार राष्ट्रिय सभा बैठकमा १९ औँ अधिवेशन शुभारम्भ वक्तव्य दिँदै अध्यक्ष दाहालले युवाहरूको माग सामाजिक न्याय र समावेशी लोकतन्त्रको विकाससँगै भ्रष्टाचार निवारण र सुशासन कायम गर्ने भएकाले उक्त लक्ष्य हासिल गर्न सभालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

जेनजी पुस्ताको भ्रष्टाचारविरोधी आन्दोलनबाट उत्पन्न परिस्थितिलाई राष्ट्र र राष्ट्रिय एकता, संवैधानिक तथा लोकतान्त्रिक मान्यतालाई ध्यानमा राख्दै समाधान गर्नुपर्ने अहिलेको आवश्यकता उनको भनाइ छ ।

संविधान र नियमावलीको व्यवस्थामा प्रतिकुल नहुने गरी सभाका कामकारबाहीलाई छिटो, छरितो, गुणस्तरीय र प्रभावकारी बनाउन निरन्तर सुधारको अभियान अन्तर्गत भौतिक, कार्यविधिगत र अन्य विविध आयाममा सुधार गरिएको उनले बताए ।

उनले राष्ट्रिय सभामा विगतदेखि नै हुँदै आएका असल अभ्यासहरूलाई अझै सुदृढ र व्यवस्थित गर्दै यस अधिवेशनमा नयाँ नयाँ अभ्यासको शुरूवात गर्न सुझबुझका साथ सबैको योगदान हुने अपेक्षा गरे ।

अध्यक्ष दाहालले सभामा हालसम्म उत्पत्ति भएका ६८ वटा विधेयकहरूमध्ये ३९ वटा विधेयक प्रमाणीकरण भइसकेको, १२ वटा विधेयक सरकारले फिर्ता लिएको, प्रतिनिधि सभा विघटित हुँदा राष्ट्रिय सभामा दर्ता भई सभाबाट पारित गरेर प्रतिनिधि सभामा विचाराधीन रहेका ७ वटा विधेयक सहित १२ वटा विधेयक निष्क्रिय भएको जानकारी दिए ।

हाल सभामा विचाराधीन ५ वटा विधेयक मध्ये एक वटा विधेयक सभामा सैद्धान्तिक छलफल भई सभामा रहेको, एक वटा विधेयक विधायन व्यवस्थापन समितिले पारित गरी सभामा प्रतिवेदन पेश भएको र ३ वटा विधेयक विधायन व्यवस्थापन समितिमा दफावार छलफलको करिब अन्तिम चरणमा रहेको उनले जानकारी दिए। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार