
काठमाडाैं, माघ १२ :
नेपाली महिला क्रिकेट टोली आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको समूह चरणबाटै बाहिरिएको छ । नेपाली महिला क्रिकेट टोली आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको समूह चरणबाटै बाहिरिएको छ ।
सोमबार भएको अन्तिम खेलमा स्कटल्यान्डसँग ७२ रनको फराकिलो अन्तरले पराजित भएसँगै नेपाल समूह चरणबाटै बाहिरिएको हो टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले २० ओभरमा अलआउट हुँदै १४० रन बनाएर नेपाललाई १४१ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
१४१ रनको लक्ष्य पछ्याएको नेपालले १३.५ ओभरमा ९ विकेटको क्षतिमा ६८ रन बनायो । कप्तान इन्दु बर्माले चोटका कारण बीचमै मैदान छाडेकी थिइन् । नेपालले यसअघि थाइल्यान्ड र नेदरल्यान्ड्ससँग पराजित हुँदा जिम्बाबेलाई हराएको थियो । एक जित मात्र निकालेको नेपाल २ अङ्कमा सीमित भयो ।