बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल #शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल
समाचार प्रदेश बागमती प्रदेश भिडियो

कागेश्वरी मनोहरामा छड्के अनुगमन : अधिकांश पसल दर्ता र नवीकरण बिना नै सञ्चालन

व्यवसायीहरूलाई ७ दिनभित्र दर्ता तथा नवीकरणको प्रक्रियामा आउन निर्देशन
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १२ माघ, २०८२ मा प्रकाशित
कागेश्वरी मनोहरामा छड्के अनुगमन : अधिकांश पसल दर्ता र नवीकरण बिना नै सञ्चालन
काठमाडौं, माघ १२ :

कागेश्वरी मनोहरा नगरपालिकाले नगर क्षेत्रभित्रका बजार अनुगमनलाई निरन्तरता दिएको छ । यसैक्रममा सोमबार वडा नम्बर ७ अन्तर्गत पर्ने वीरेन्द्रचोकदेखि फोर्स बस पार्कसम्मका करिब १६ वटा पसल तथा व्यवसायमा छड्के अनुगमन गरिएको छ।

अनुगमनका क्रममा अधिकांश पसल तथा व्यवसाय सामान्य अवस्थामै रहेको पाइए पनि धेरैजसो खाद्य स्टोर, किराना पसल र डेरीहरू दर्ता तथा नवीकरण बिना नै सञ्चालन भइरहेको पाइएको नगरपालिकाले जनाएको छ । त्यस्ता व्यवसायीहरूलाई ७ दिनभित्र दर्ता तथा नवीकरणको प्रक्रियामा आउन निर्देशन दिइएको छ ।

यस्तै, दुईवटा मासु पसलमा केही दिनदेखि स्टक राखिएको मासु भेटिएपछि तत्काल नष्ट गरिएको छ । केही किराना पसलहरूमा म्याद गुज्रिएका खाद्य सामग्री फेला परेकाले ती सामग्री नष्ट गर्न निर्देशन दिइएको छ भने कतिपय होटलहरूलाई सरसफाइमा विशेष ध्यान दिन आग्रह गरिएको छ ।

नगर क्षेत्रभित्र उपभोक्ता हित संरक्षण तथा व्यवसायलाई उपभोक्ता–मैत्री बनाउने उद्देश्यले एक सातादेखि सुरु गरिएको छड्के बजार अनुगमनले नगर क्षेत्रका व्यवसायीहरू सतर्क हुन थालेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार