बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

निर्वाचन आचारसंहिता उल्लंघन : बालेन, हर्क, महेश र निकोलसलाई आयोगले सोध्यो स्पष्टीकरण

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १३ माघ, २०८२ मा प्रकाशित
निर्वाचन आचारसंहिता उल्लंघन : बालेन, हर्क, महेश र निकोलसलाई आयोगले सोध्यो स्पष्टीकरण
काठमाडौं, माघ १३ :

निर्वाचन आयोगले बालेन साहसहित ५ उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले  झापा-५ का उम्मेदवार शाह (बालेन), भक्तपुर-२ का महेश बस्नेत, सुनसरी-१ का हर्क साम्पाङ र रूपन्देही-२ का निकोलस भुसाललाई स्पष्टीकरण सोधेको हो ।

बालेनले केपी शर्मा ओलीलाई सामाजिक सञ्जालमा गरेको अमर्यादित टिप्पणीका आधारमा स्पष्टीकरण सोधिएको छ । बालेनले  घृणाजन्य अभिव्यक्ति दिएको भन्दै सोमबार परेको उजुरीका आधारमा आयोगले उनीविरुद्ध कारबाही प्रक्रिया अघि बढाएको हो।

यस्तै बस्नेतले बालेनलाई 'छाउरा' भनेको , साम्पाङले चुनाव प्रचारमा बालबालिका प्रयोग गरेको, टिसर्ट लगाउन लगाएको विषयमा र भुसाललाई जेनजी आन्दोलनको आइकोनिक जुत्ता चुनाव चिह्न भनी प्रचार गरेको भन्दै स्पष्टीकरण सोधिएको छ । यस्तै, भक्तपुर-२ की उम्मेदवार जानुका पाठकलाई पनि उम्मेदवारमाथि घृणाजन्य टिप्पणी गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार