काठमाडौं, माघ १३ :

निर्वाचन आयोगले बालेन साहसहित ५ उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले  झापा-५ का उम्मेदवार शाह (बालेन), भक्तपुर-२ का महेश बस्नेत, सुनसरी-१ का हर्क साम्पाङ र रूपन्देही-२ का निकोलस भुसाललाई स्पष्टीकरण सोधेको हो ।

बालेनले केपी शर्मा ओलीलाई सामाजिक सञ्जालमा गरेको अमर्यादित टिप्पणीका आधारमा स्पष्टीकरण सोधिएको छ । बालेनले  घृणाजन्य अभिव्यक्ति दिएको भन्दै सोमबार परेको उजुरीका आधारमा आयोगले उनीविरुद्ध कारबाही प्रक्रिया अघि बढाएको हो।

यस्तै बस्नेतले बालेनलाई 'छाउरा' भनेको , साम्पाङले चुनाव प्रचारमा बालबालिका प्रयोग गरेको, टिसर्ट लगाउन लगाएको विषयमा र भुसाललाई जेनजी आन्दोलनको आइकोनिक जुत्ता चुनाव चिह्न भनी प्रचार गरेको भन्दै स्पष्टीकरण सोधिएको छ । यस्तै, भक्तपुर-२ की उम्मेदवार जानुका पाठकलाई पनि उम्मेदवारमाथि घृणाजन्य टिप्पणी गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको छ ।