काठमाडाैं, माघ १४ :

प्रतिनिधिसभा निर्वाचनको  लागि ६१ जिल्लामा निर्वाचन प्रहरी छनोट भएको छ । 

निर्वाचन प्रहरीका लागि २ लाख ११ हजार ७२७ जनाले आवेदन दिएकामा ६१ जिल्लामा छनोट गरी सकिएको  छ । १६ जिल्लामा नतिजा प्रकाशनको तयारी भइरहेको छ।

आगामी निर्वाचनमा १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी परिचालन हुने छ ।  जसका लागि अर्थ मन्त्रालयले ७ अर्ब १३ करोड रुपैयाँ बजेटको व्यवस्था गरेको छ।

निर्वाचन प्रहरीलाई माघ १५ बाट तालिम गराइने छ । १० दिने तालिम दिएर उनीहरूलाई माघ २५ देखी फिल्डमा परिचालन गरिने बताइएको छ ।