काठमाडाैं, माघ १४ :

नेपाली कांग्रेसले फागुन २१ गतेको निर्वाचनलाई व्यवस्थित बनाउन कम्तीमा १२ समिति बनाउन मातहतका निकायलाई निर्देशन दिएको छ । 

निर्वाचन परिचालन समितिका संयोजक तथा कांग्रेस  उपसभापति विश्वप्रकाश शर्माले बुधवार परिपत्र जारी गर्दै प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति र प्रतिनिधिसभा क्षेत्र कार्यसमितिका सभापतिहरुलाई यस्तो निर्देशन दिएका हुन् ।

शर्माले विजय अभियान व्यवस्थित बनाउन  समिति र संरचना सबै तहमा अविलम्ब गठन गराउन जारी गरेका परिपत्रमा  आमनिर्वाचनमा पार्टी पंक्तिलाई व्यवस्थित रूपले परिचालित गर्न  समिति गठनको निर्देशन दिएका हुन् ।

‘समिति कैयन ठाउँमा गठन भइसकेका छन् जहाँ गठन भएको छैन त्यहाँ निम्नानुसारका समिति अविलम्ब गठन गर्न गराउन आग्रह सहित यो परिपत्र पठाइएको छ,’ शर्माले उल्लेख छन् ।