काठमाडौं, माघ १९ :

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दामा आज सुनुवाइ भएन । सर्वोच्चमा पेसी तोकिए पनि हेर्न नभ्याइने हुँदै सुनुवाइ सारियो छ। सोमबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र नृपध्वज निरौलाको संयुक्त इजलासमा १२ नम्बरमा पेसी तोकिएको थियो ।

तत्कालीन महान्यायाधिवक्ताले मुद्दा नचलाउने निर्णय गरेको विरुद्ध दायर रिटमा अन्तिम सुनुवाइका लागि पेसी तोकिएको थियो। यसअघि सर्वोच्चले तीन पटक फाइल मगाउने आदेश दिइसकेको छ भने अदालतले महान्यायाधिवक्ताको निर्णयको कारण माग गरेको छ।

लामिछानेविरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ता दिनमणि पोखरेलको निर्णय कानुनविपरीत रहेको भन्दै युवराज पौडेलले  मुद्दा चलाउनुपर्ने माग गर्दै रिट दायर गरेका थिए ।