बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल #इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल
खेलकुद फुटबल

नेपालद्वारा भुटान २–१ पराजित

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १९ माघ, २०८२ मा प्रकाशित
नेपालद्वारा भुटान २–१ पराजित
पोखरा, माघ १९ :

पोखरामा जारी साफ यु–१९ महिला च्याम्पियनसिपमा नेपालले भुटानलाई पराजित गरेको छ । पोखरा रंगशालामा सोमबार सम्पन्न खेलमा नेपालले भुटानलाई २–१ गोल अन्तरले पराजित गरेको हो । 

नेपालको जितमा संगिता बडुवाल र प्रजिता राईले १–१ गोल गरे । संगिताले ३६औं मिनेटमा गोल गर्दै नेपाललाई पहिलो हाफमा अग्रता दिलाएकी थिइन् । प्रजिताले दोस्रो हाफको ७०औं मिनेटमा गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन् । भुटानले ८७ औं मिनेटमा गोल फर्काउँदै खेलमा फर्किने प्रयास गरेपनि सफल हुन सकेन । अब नेपालले अन्तिम खेल बुधबार बंगलादेशसँग खेल्नेछ ।

त्यस्तै सोमबार नै भएको अर्को खेलमा भारतविरुद्ध २–० को जित निकाल्दै साविक विजेता बंगलादेश साफ यु– १९ महिला च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ । बंगलादेशलाई जित दिलाउन अर्पिता विश्वास अर्पिता र अल्पी अख्तरले १–१ गोल गरे । 

खेलको २९ औँ मिनेटमा अर्पिताको गोलमार्फत बंगलादेशले अग्रता लिएको थियो । ४० औँ मिनेटमा अख्तरले टोलीको अग्रता दोब्बर बनाइन् । लगातार दोस्रो जितसँगै बंगलादेशले २ खेलमा ६ अंक जोडेको छ । पहिलो पराजय व्यहोरेको भारतको समान खेलबाट ३ अंक छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार