काठमाडौं, माघ २० :

नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले प्रतिनिधिसभा निर्वाचनमा नेकपासँग तालमेलको सम्भावना नरहेको बताएका छन् । प्रेस चौतारी नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा गुरुङले भाद्र २३ र २४ को घटनामा एमाले र नेकपाको दृष्टिकोण नै फरक रहेकाले निर्वाचनमा तालमेल हुन नसक्ने बताएका हुन् । 

अहिले कांग्रेसले पनि एक्लै चुनाव लड्ने भनिरहेको अवस्थामा एमाले एक्लै चुनावी प्रतिष्पर्धामा उत्रने उनले बताए । गुरुङले लोकतान्त्रिक व्यवस्थाप्रति एमाले र कांग्रेसजति प्रतिबद्ध नेकपा नभएको तर्क गरे। अराजकता, अस्थिरता र प्रतिगमन सच्चाउनका लागि एमाले लाग्ने भएकाले केहीस्थानमा सातोतिनो सहकार्य हुन सक्ने उनले बताए । त्यस्तै उपाध्यक्ष गुरुङले केही पार्टी र व्यक्तिले आफूलाई नयाँ अरुलाई पुराना भनेर आर‍ोप लगाउने गरेको भन्दै उनीहरुसँग कुनै एजेण्डा नै नरहेको धारणा व्यक्त गरे ।

कसैले आरोप लगाउदैमा लामो ईतिहास भएका पार्टीको सान्दर्भिकता नसकिने उनको भनाइ छ । उनले आगामी निर्वाचनमा आफ्नो जित सुनिश्चित रहेको दाबी समेत गरे।