बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

काठमाडौँ क्षेत्र नं. १ मा कांग्रेसको चुनावी तयारी तीव्र

वडा २९ मा नेता कार्यकर्ताबीच छलफल
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २२ माघ, २०८२ मा प्रकाशित
काठमाडौँ क्षेत्र नं. १ मा कांग्रेसको चुनावी तयारी तीव्र
काठमाडौं, माघ २२ :

नेपाली कांग्रेस काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत काठमाडौँ महानगरपालिका वडा नम्बर २९ का अग्रज नेता तथा कार्यकर्ताको भेला सम्पन्न भएको छ। वडा इकाई सभापति अर्जुन श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त भेलामा प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रबल थापा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।

आसन्न निर्वाचनलाई केन्द्रमा राखी आयोजना गरिएको भेलामा महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्ला सदस्य, प्रदेश प्रतिनिधि, क्षेत्रीय प्रतिनिधि तथा महानगर सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

भेलामा वर्तमान राजनीतिक अवस्थाको समीक्षा गर्दै संगठन सुदृढीकरण तथा जनसम्पर्क विस्तारलाई प्राथमिकतामा राखेर विस्तृत छलफल गरिएको थियो। काठमाडौँ क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रबल थापालाई विजयी गराउने लक्ष्यसहित चुनावी अभियानलाई थप प्रभावकारी बनाउने रणनीति तय गरिएको बताइएको छ।

बैठकले आगामी निर्वाचनमा पार्टीलाई जिताउन विभिन्न रणनीतिक तथा अभियानमूलक निर्णयहरू समेत पारित गरेको छ। साथै, सबै नेता तथा कार्यकर्तालाई एकताबद्ध भई घरदैलो कार्यक्रम तथा जनभेटघाटलाई तीव्रता दिन भेलाले आह्वान गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार