आइतबार, २५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान #घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान
राजनीति प्रदेश बागमती प्रदेश स्वास्थ्य

चिरिबाबुको घोषणा : स्वास्थ्य बिमाको रकम संघीय सरकारले नतिरे आफैँ तिर्छौं

सरकारले एउटा पत्र दियो भने जे पर्ला पर्ला मै भुक्तानी गरिदिन्छु ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २३ माघ, २०८२ मा प्रकाशित
चिरिबाबुको घोषणा : स्वास्थ्य बिमाको रकम संघीय सरकारले नतिरे आफैँ तिर्छौं
फाइल तस्बिर ।
ललितपुर, माघ २३ :

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले  संघीय सरकारले बीमाको भुक्तानी नगरे महानगरपालिका आफैंले ब्यहोर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १८ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै महर्जनले  बिमा बापतको रकम भुक्तानी नहुँदा अस्पताल सञ्चालनमा समस्या हुन नदिने प्रतबद्धता जनाए। पाटन अस्पतालसँगको सहकार्यमा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन हुँदै आएको थियो ।

‘पाटन अस्पताललाई गर्नुपर्ने भुक्तानी समयमै गरिदिनुहोस्,’ महर्जनले भने,  ‘कथम् कदाचित् नेपाल सरकारले अहिलेको निमित्त ललितपुर महानगरपालिकाले यो भुक्तानी गरिदिनु भनेर नेपाल सरकारले एउटा पत्र दियो भने म चाहीँ भुक्तानी गरिदिन्छु । जे पर्ला पर्ला।’

संघीय सरकारले बीमाको शुल्क अस्पताहरुलाई तिर्न नसक्दा सेवा प्रभावित हुन थालेको छ। कतिपय अस्पतालहरुले बीमा कार्यक्रम नै बन्द गरेका छन्। स्वास्थ्यमन्त्री डा सुधा शर्मा गौतमले त अर्थ मन्त्रालयलाई मुखै फोरेर तत्काल रकम निकासा गरिदिनका लागि आग्रह गरिसकेकी छन् । 

यस विषयमा प्रधानमन्त्री सुशीला कार्कीले पनि चासो व्यक्त गर्दै सरोकारवालाहरुसँग छलफल गरेकी छन् । उनी पनि स्वास्थ्य बिमा कार्यक्रम रोक्न नहुने पक्षमा दृढ छिन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार