बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल #इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल
राजनीति प्रदेश मधेस प्रदेश

मतदातालाई गगन थापाले भने- मैले बोलेको कुरा पूरा गर्न सकिनँ भने तपाईंले सुन्नुपर्ने छैन

देशको ढुकुटीको साँचो बोक्नेहरूले भ्रष्टाचार गर्नु महापाप
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २८ माघ, २०८२ मा प्रकाशित
मतदातालाई गगन थापाले भने- मैले बोलेको कुरा पूरा गर्न सकिनँ भने तपाईंले सुन्नुपर्ने छैन
सिरहा, माघ २८ :

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विगतका गल्ती सच्याउँदै कांग्रेसलाई फेरि जनताको भरोसायोग्य पार्टी बनाउने प्रतिबद्धता जनाएका छन् । थापाले मधेसको मुद्दामा कांग्रेसले नेतृत्व गर्ने दाबी गरे ।

सिरहामा आयोजित एक चुनावी सभालाई सम्बोधन गर्दै थापाले थापाले सर्लाही ४ बाट चुनाव लड्न आउनुको उद्देश्य नै मधेसलाई नबुझी देशको नेतृत्व गर्न नसकिने बताए । उनले भने, ‘मैले बोलेको कुरा पूरा गर्न सकिनँ भने तपाईंले सुन्नुपर्ने छैन ।’

भदौ २३ र २४ का घटनाहरू नागरिकहरूको असन्तुष्टिको परिणाम भएको उल्लेख गर्दै थापाले पासपोर्ट, लाइसेन्स, बेरोजगारी र ऋणको समस्याले जनता दिक्क भएका कारण सडकमा आउने बाध्यता भएको उल्लेख गरे । ‘पढाउँदा लाखौँ खर्च भएको छ, तर सहरमा २० हजारको जागिर छैन । बैंकको ऋणले घाँटी थिचेको छ’ उनले भने, ‘यो हैरानीको उपचार खोज्ने जिम्मा लिएका हामीले वास्ता नगरेपछि जनता सडकमा आएका हुन् ।’

उनले मन्दिरको पुजारीले माला चोरे जस्तो देशको ढुकुटीको साँचो बोक्नेहरूले भ्रष्टाचार गर्नु महापाप भएको उल्लेख गरे। उनले भ्रष्टाचारलाई महारोग ठहर गर्दै यसको अन्त्य माथिबाटै सुरु हुनुपर्ने बताए ।‘प्रधानमन्त्री भएर आफ्नोको बारेमा मात्र सोच्ने हो भने त्यो भन्दा ठूलो अपराध केही हुँदैन’ उनले भने ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार