बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति भिडियो

प्रतिनिधिसभा निर्वाचन निष्पक्ष र धाँधलीरहित वातावरणमा सम्पन्न गर्न सांसदहरुको माग

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १ फागुन, २०८२ मा प्रकाशित
प्रतिनिधिसभा निर्वाचन निष्पक्ष र धाँधलीरहित वातावरणमा सम्पन्न गर्न सांसदहरुको माग
काठमाडौं, फागुन १ :

राष्ट्रियसभा सांसदहरुले यही फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

आजको बैठकको शून्य समयमा सांसद शारदादेवी भट्टले निर्वाचनका लागि २० दिन मात्र बाँकी रहेको उल्लेख गर्नुहुँदै देशभर भयरहित, त्रासरहित, धाँधलीरहित रुपमा संयमतापूर्वक निर्वाचन सम्पन्न हुनुपर्ने बताइन्। यसका लागि वातावरण बनाउन पनि उनले सदनमार्फत सरकारको ध्यानाकर्षण गराइन् ।

आजको बैठकमा सांसद गङ्गाकुमारी बेल्वासेले दैलेख जिल्लामा पहिचान भएको पेट्रोलियम उत्खनन गरी व्यावसायिक उत्पादन सुरु गरेर आन्तरिक आवश्यकता पूर्ति गरिनुपर्ने धारणा राखिन् ।

सांसद गोपाल भट्टराईले समाजकल्याण परिषद्का करार सेवाका केही कर्मचारीलाई निष्काशन गरिएको विषय सदनमा उठाए ।

सांसद सुमित्रा विसीले देशका विभिन्न भागमा हत्या हिंसा बढ्दै गएको समाचार आइरहेको बताउँदै यस्ता घटनामा संलग्नलाई पक्राउ गरी कारबाही र पीडितको न्यायका लागि पहल गरिनुपर्ने बताए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार