शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी #सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी
अर्थतन्त्र

अर्थतन्त्र सही तरिकाले चल्न सही सूचना प्रवाह आवश्यक : अर्थमन्त्री खनाल

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १ फागुन, २०८२ मा प्रकाशित
अर्थतन्त्र सही तरिकाले चल्न सही सूचना प्रवाह आवश्यक : अर्थमन्त्री खनाल
काठमाडौं, फागुन १ :

अर्थमन्त्री रामेश्वर खनालले अर्थतन्त्र सही तरिकाले चल्नका लागि सही सूचना प्रवाह अत्यन्त आवश्यक हुने बताएका छन् । 

राष्ट्रिय सूचना आयोग र नेपाल पत्रकार महासङ्घले शुक्रबार काठमाडौंमा आयोजना गरेको ‘मिडियामा सूचनाको हक प्रयोगः अभ्यास र चुनौती’ विषयक अन्तक्रियामा मन्त्री खनालले गलत सूचना प्रवाह भए अर्थतन्त्रमा नै असर पर्न सक्ने भएकाले अर्थतन्त्र सही तरिकाले चल्नका लागि सहि सूचना प्रवाह अत्यन्त आवश्यक रहेको बताएका हुन् ।

उनले पुँजी बजारमा समेत सूचनाको एकाधिकार पाएका कतिपय व्यक्तिहरूले लाभ लिएको र अरु लगानीकर्ताले समान तरिकाले निर्णयका लागि समयमा सूचना प्राप्त गर्न नसकेको धारणा राखे ।

मन्त्री खनालले अवांछित गतिविधि गर्नको निमित्त सूचनाको हक प्रयोग गर्ने प्रवृतिसंग सचेत हुनुपर्नेमा जोड दिए। समाजलाई शान्त र सम्भ राख्नको निमित्त पनि सही सूचना, सही समयमा, सही कारणले नागरिकलाई दिनुपर्ने राज्यको दायित्व भएको उनको भनाइ छ । 

मन्त्री खनालले अपुष्ट, अप्रमाणित र हुँदै नभएको सूचनाका कारण जेनजी आन्दोलनमा धेरै जनधनको क्षति भएको धारणा राखे। उनले सही सूचना प्रवाहका लागि सञ्चारमाध्यमका साथै, संवैधानिक निकाय, संसद, न्यायप्रणाली लगाएत सवै निकाय जिम्मेवार हुनुपर्ने बताए ।


 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार