सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रस्तावित चार न्यायाधीश#लुम्बिनी विकास कोष#उपाध्यक्ष आनी छोइङ डोल्मा#नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन #प्रस्तावित चार न्यायाधीश#लुम्बिनी विकास कोष#उपाध्यक्ष आनी छोइङ डोल्मा#नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन
समाचार प्रदेश मधेस प्रदेश

सब इन्जिनियर हत्या प्रकरण : हत्यारालाई पक्राउ गर्न माग गर्दै आफन्तजनद्वारा माइतीघर प्रदर्शन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ४ फागुन, २०८२ मा प्रकाशित
सब इन्जिनियर हत्या प्रकरण : हत्यारालाई पक्राउ गर्न माग गर्दै आफन्तजनद्वारा माइतीघर प्रदर्शन
प्रतीकात्मक तस्बिर ।
काठमाडौं, फागुन ४ :

सर्लाहीको मलंगवा नगरपालिका–१० देवीटोलमा गोली प्रहारबाट हत्या भएका प्रमोद यादवको हत्यारालाई पक्राउ गर्न माग गर्दै उनका आफन्तहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

सिरहाको सुखीपुर नगरपालिका–६ निवासी यादवको अज्ञात समूहले हत्या गरेपछि दोषीलाई पक्राउ गर्दै कारबाहीको माग राखेर उनका आफन्तहरुले सोमबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागी आफन्तजनहरुले हत्यारालाई कारबाही गर, पीडित परिवारलाई न्याय दे, मौन सरकार लाज किन, न्यायबिना शान्ति हुँदैन लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

मृतकका आफन्त दिलिप यादवले क्रिया बिदा सकेर कार्यालयमा कामका लागि मलंगवास्थित डेरामा फर्किपछि अज्ञात समूहले हत्या गरेको भन्दै दोषीलाई छिटो पक्राउ गर्न माग गरे । प्रमोद यादवलाई डेराबाट बाहिर बोलाएर गोली प्रहार भएको उनले बताए।

भौतिक पूर्वाधार विकास मन्त्रालय मातहत जिल्ला पूर्वाधार विकास कार्यालय, सर्लाहीमा कार्यरत सब–इन्जिनियर प्रमोद यादवमाथि आइतबार राती गोली प्रहार भएको थियो । गम्भीर घाइते अवस्थामा प्रादेशिक अस्पताल मलंगवामा पु¥याइए पनि चिकित्सकले केही बेरमै मृत घोषणा गरेका थिए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार