
फाइल तस्बिर ।
भक्तपुर, फागुन ४ :
मेडिकल व्यवसायी तथा राष्ट्र राष्ट्रियता धर्म संस्कृति बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् । सोमबार राति ९ बजे उनलाई प्रहरीले भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी रमेश थापाले आचारसंहिता विपरीत निर्वाचन बिथोल्ने अभिव्यक्ति दिएको र अफवाह फैलाएको आरोपमा पक्राउ गरिएको जानकारी दिए। यसअघि पनि सोही कसुरमा चाल्नाखेलबाट पक्राउ परेका प्रसाईं माघ २५ गते हाजिरी जमानतमा रिहा छुटेका थिए । उनी केही महिना यता तीन पटक पक्राउ परिसकेका छन् ।