ढाका, फागुन ५ :

 बंगलादेश राष्ट्रिय पार्टी (बीएनपी) अध्यक्ष तरिक रहमान बंगलादेशको  नयाँ प्रधानमन्त्री बनेका छन् ।

ढाकास्थित संसद् भवनमा उनलाई राष्ट्रपति मोहम्मद शाहाबुद्दिनले मंगलबार पद तथा गोपनियताको सपथ ग्रहण गराए । गत बिहीबार सम्पन्न निर्वाचनमा बीएनपीले दुई–तिहाईभन्दा धेरै मत ल्याएको थियो ।

बीएनपी संसदीय दलले आजै बिहान उनलाई सर्वसम्मत नेता चयन गरेको थियो । तरिक पूर्वराष्ट्रपति जिउर रहमान तथा बंगलादेशकी प्रथम महिला प्रधानमन्त्री बेगम खालिदा जियाका छोरा हुन् ।