बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति प्रदेश लुम्बिनी प्रदेश

छोरालाई बागी उम्मेदवार बनाएपछि पूर्वमन्त्री दीपकुमार उपाध्याय कांग्रेसबाट निकालिए

१९ जनालाई पाँच वर्षका लागि पार्टीले साधारण सदस्यसमेत नरहने गरी निष्कासन
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ६ फागुन, २०८२ मा प्रकाशित
छोरालाई बागी उम्मेदवार बनाएपछि पूर्वमन्त्री दीपकुमार उपाध्याय कांग्रेसबाट निकालिए
कपिलवस्तु, फागुन ६ :

नेपाली कांग्रेसले पार्टीको आधिकारिक निर्णयविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका १९ जनालाई पार्टीबाट पाँच वर्षका लागि निकालेको छ।

पार्टीको आधिकारिक निर्णयविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएको भन्दै नेपाली कांग्रेसले पूर्वमन्त्री दीपकुमार उपाध्यायका बाबु-छोरासहित १९ जनालाई पाँच वर्षका लागि पार्टीले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको हो।

तौलिहवामा बसेको जिल्ला कार्य समितिको बैठकले अनुशासन समितिको सिफारिसका आधारमा कारबाही गरेको हो। यस क्षेत्रमा कांग्रेसका उम्मेदवार अत्तहर कमाल मुसलमान, एमालेका विश्राम प्रसाद थारु, नेकपाका कृष्णबहादुर कुँवर र रास्वपाका मोहन आचार्य प्रतिस्पर्धामा छन्।

यी हुन् कारबाहीमा पर्ने १९ जना:

१. आशिष शर्मा
२. दीप कुमार उपाध्याय
३. राजेशबहादुर सिंह
४. कमल टण्डन
५. विष्णुप्रसाद न्यौपाने
६. अब्दुल मन्नान खाँ
७. हरिराज घिमिरे
८. कमलराज आचार्य
९. दुर्गा केसी
१०. डोलकराम घिमिरे
११. विनोद घिमिरे
१२. विश्वम्भर कुर्मी
१३. शैलेन्द्रधर द्विवेदी
१४. अनिल पाण्डे
१५. सरजूप्रसाद चौधरी
१६. तिलकराम पाण्डे
१७. परमेश्वर पाठक (सि.डी.ओ.)
१८. चतुर्भुजी मणि त्रिपाठी
१९. मिथिला शर्मा

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार