धनगढी, फागुन ६ :

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साहले सुदूरपश्चिमका जनतालाई सम्बोधन गर्दै आफू मत माग्न नभई काम माग्न आएको दाबी गरेका छन्। धनगढीमा आज भएको सभालाई बोल्दै उनले मत नदिए पनि सुदूरपश्चिमलाई बनाउने प्रतिबद्धता व्यक्त गरे ।

उनले नेपाललाई स्विट्जरल्यान्ड बनाउनु जरुरी नभएको उल्लेख गर्दै सुदूरपश्चिमका बढीमालिका, रामारोशन, खप्तड स्विट्जरल्यान्डभन्दा पनि राम्रा रहेको बताए। ‘स्विटजरल्यान्डको बाउ बढीमालिका यहीँ छ, हामी नेपाली माल भएको, चाल नपाएको मान्छे पर्‍यौँ,’ उनले भने।

उनले भने, ‘यहाँको बाटो बन्नु पर्‍यो, रास्वपाले जित्यो भने कांग्रेस,एमाले,माओवादी सबै हिड्ने बाटो बनाउँछ ।’ दुई वर्षमा बन्नु पर्ने बाटो २० वर्षसम्म पनि नबन्नु चिन्ताको विषय भएको उनको भनाइ थियो ।

उनले सुदूरपश्चिमलाई नेपालसँग जोड्न आवश्यक रहेको उल्लेख गर्दै सुदूरपश्चिमका संगीत काठमाडौँमा बज्न जरुरी रहेको बताए। आफूलाई बोल्न नआउँदै उल्लेख गर्दै  आँखा हेर्नु पर्दैन, काम हेर्नुहोला भने।’ सभामा तीन मिनेटमात्र बोलेका शाहले सम्बोधनको अन्त्यमा ‘आई लभ यु’भन्दै भनाइ टुंग्याए।