नेकपाका नेता वर्षमान पुनले स्पष्ट विचार र दृष्टिकोणबिनाको लोकप्रियतावादी राजनीति मुलुकका लागि घातक हुन सक्ने बताएका छन्। रोल्पाको लिवाङमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा पुनले स्पष्ट विचार, दृष्टिकोण र गन्तव्यबिनाको राजनीतिले मुलुकलाई सही दिशा दिन नसक्ने दाबी गरे। कुन ठाउँमा के बोल्दा मानिसले मन पराउँछन् भन्ने आधारमा बोल्दै हिंड्नेहरुले देशको नेतृत्व लिन नसक्ने भनाइ उनको छ ।
बालेन्द्र साहप्रति लक्षित गर्दै पुनले काठमाडौंमा संघीयताको विरोध गर्ने र जनकपुर गएर संघीयता चाहिन्छ भन्नु दोहोरो चरित्र उदाङगो भएको बताए । काठमाडौंमा सुकुम्बासी, ठेलागाडामा व्यापार गर्नेहरु र कबाडीको काम गर्नेलाई खेद्ने अनि झापा पुगेपछि भोटका लागि सुकुम्बासीको पक्षमा छौं भन्नु राजनीतिक बेइमानी भएको उनको भनाइ थियो । पुनले भने, ‘जहाँ जसले जे सुन्न चाहेको छ त्यही बोल्ने ‘पपुलिष्ट’ राजनीति घातक छ ।’
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
नेपालको जलवायु न्यायको मागलाई गम्भीरतापूर्वक लिन पूर्वराष्ट्रपति भण्डारीको आग्रह
प्रचण्ड भन्छन्- एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य हुन सक्छ, तत्काल पार्टी एकता हुँदैन
नेपालद्वारा चीनको सिजाङ क्षेत्रमा भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त