बिहीबार, २२ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#चाडपर्व सुरक्षा#बेपत्ता भएका व्यक्ति#कानुनी अवरोध हटाउने#४५ दिनमै मृत घोषणा#मतदान#बिहीबार बिहान १० बजे#सबै गुट अन्त्य#सभापति गगनकुमार थापा#भीष्मराज आङ्देम्बे#देवराज चालिसे#वित्त आयोग#सम्पत्ति शुद्धीकरण विभाग#चोलेन्द्र शमशेर जबरा#किशोर सिंह राठौर#उम्मेदवारी फिर्ता#मन्त्रिपरिषद्को बैठक #चाडपर्व सुरक्षा#बेपत्ता भएका व्यक्ति#कानुनी अवरोध हटाउने#४५ दिनमै मृत घोषणा#मतदान#बिहीबार बिहान १० बजे#सबै गुट अन्त्य#सभापति गगनकुमार थापा#भीष्मराज आङ्देम्बे#देवराज चालिसे#वित्त आयोग#सम्पत्ति शुद्धीकरण विभाग#चोलेन्द्र शमशेर जबरा#किशोर सिंह राठौर#उम्मेदवारी फिर्ता#मन्त्रिपरिषद्को बैठक
समाचार राजनीति

नेकपाले दमन र तोडफोडका प्रवृत्तिविरुद्ध लड्दै मुलुकलाई समृद्धितर्फ लैजान्छ : संयोजक दाहाल

· शनिबार, ९ फागुन, २०८२ मा प्रकाशित
नेकपाले दमन र तोडफोडका प्रवृत्तिविरुद्ध लड्दै मुलुकलाई समृद्धितर्फ लैजान्छ : संयोजक दाहाल
काठमाडौं, फागुन ९ :

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन माग गर्ने युवामाथि दमन गर्ने र मुलुकको राजनीतिक तथा संवैधानिक संस्थामाथि आगजनी गर्ने प्रवृत्तिविरुद्ध लड्दै मुलुकलाई समृद्धितर्फ लैजाने सङ्कल्प बोकेको बताए ।

नेकपा दोलखा–काठमाडौँ सम्पर्क निर्वाचन परिचालन समितिद्वारा आज राजधानीमा आयोजित चुनावी सन्देशसभालाई सम्बोधन गर्दै उनले इतिहासको कठिन र चुनौतीपूर्ण घडिमा नेकपा राष्ट्र र जनतालाई बचाइराख्ने र दुई अतिवादका विरुद्ध लडेर देशलाई सन्तुलित विकासतर्फ लैजाने दृढताका साथ अघि बढेको बताए ।

कार्यक्रममा दोलखा निर्वाचन क्षेत्र नं १ का उम्मेदवार विशाल खड्काले समृद्ध दोलखा निर्माणको अभिभारा पूरा गर्न आफ्नो उम्मेदवारी भएको बताए । राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी आयोजना निर्माणको नेतृत्व नेकपाकै अगुवाइ नै भएको उल्लेख गर्दै उनले नेकपाले नै जनअपेक्षा पूरा गर्ने जिकिर गरे । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार