बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

राप्रपाको आरोप : घण्टी चिह्न हुने दलले ध्वनि प्रदूषण गरे

निर्वाचन आचारसंहिता पालना गर्ने सवालमा गम्भीर हुन आयोगलाई आग्रह
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १० फागुन, २०८२ मा प्रकाशित
राप्रपाको आरोप : घण्टी चिह्न हुने दलले ध्वनि प्रदूषण गरे
काठमाडौै, फागुन १० :

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले निर्वाचन आचारसंहिताको पालना गर्ने, गराउने सवालमा गम्भीर हुन निर्वाचन आयोगलाई आग्रह गरेको छ ।

प्रवक्ता मोहन श्रेष्ठले आज विज्ञप्ति जारी गरी घण्टी चिह्न हुने दलले ध्वनि प्रदूषण हुनेगरी घण्टी बजाउँदै देशव्यापी निर्वाचन आचारसंहिता उल्लङ्घन गरिरहेको जनाएको छ ।

“ध्वनि प्रदूषण हुनेगरी घण्टी बजाउँदै देशव्यापी निर्वाचन आचारसंहिता उल्लङ्घन गरिरहँदा आयोगले नदेखेजस्तो, नसुनेजस्तो गरिरहनु विडम्बनापूर्ण छ, खुकुरी चिह्न हुनेले घण्टी बजाउँदै हिँडेजस्तो खुकुरी नचाउँदै हिँड्ने, डोजर चिह्न हुनेले सडक र राजमार्ग अवरुद्ध हुनेगरी डोजर चलाउँदै हिँड्ने अवस्था आयो वा हिँड्यो भने निर्वाचन आयोगका लागि त्यो पनि स्वीकार्य हुनसक्छ ?”, विज्ञप्तिमा उल्लेख छ ।

रौतहटमा सामाजिक एकता र सद्भाव खल्बल्याउने, साम्प्रदायिक वैमनस्यता पैदा गर्नेगरी भएका घटनाप्रति पार्टीले चिन्ता व्यक्त गर्दैै सामाजिक सद्भाव र एकता कायम गर्न अपिल गरेको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार