बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स#अध्यागमन विभाग#पदयात्रा अनुमति बन्द#मुस्ताङको स्याउ#बिक्री हुन सकेन#कोशी प्रदेश सरकार #कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स#अध्यागमन विभाग#पदयात्रा अनुमति बन्द#मुस्ताङको स्याउ#बिक्री हुन सकेन#कोशी प्रदेश सरकार
समाचार प्रदेश बागमती प्रदेश

धादिङ बस दुर्घटनाको छानबिन गर्न समिति गठन गरिने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ११ फागुन, २०८२ मा प्रकाशित
धादिङ बस दुर्घटनाको छानबिन गर्न समिति गठन गरिने
धादिङ, फागुन ११ :

सरकारले धादिङ बस दुर्घटनाका बारेमा छानबिन गर्न समिति गठन गर्ने भएको छ । सोमबार बिहान गृह मन्त्रालयमा बसेको बैठकले छानबिन समिति गठन गर्ने निर्णय गरेको हो ।

गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकमा गृहसचिव, भौतिक तथा यातायात पूर्वाधार सचिव, सडक विभागका महानिर्देशक, सुरक्षा निकायका प्रमुखहरू, यातायात व्यवसायी महासंघ र मजदुर संघका प्रतिनिधि सहभागी थिए ।

समितिमा को-को रहने भन्ने निर्णय भइनसकेको गृह मन्त्रालयकी सूचना अधिकारी उपसचिव रमा आचार्य सुवेदी जानकारी दिइन् । उनका अनुसार  घाइतेहरूको उद्धार, राहत र  दोषीलाई कारबाही गर्ने विषयमा पनि छलफल भएको छ ।

सोमबार बिहान पोखराबाट काठमाडौं आउँदै गरेको ग २ ख १४२१ नम्बरको बस बेनिघाट रोराङ गाउँपालिका-५ भैंसीगौंडामा दुर्घटना हुँदा एक जना बेलायती नागरिकसहित १९ जनाको मृत्यु भएको छ । घाइतेहरुलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार