बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति प्रदेश कोसी प्रदेश

अहिलेको चुनावमा जित्ने र हार्ने भन्दा पनि कसले देशलाई सम्हाल्ने भन्ने सवाल महत्त्वपूर्ण : उपसभापति शर्मा

निर्वाचनको वातावरण बनेको छ, आचारसंहिता विपरीतका गतिविधि नगर्न दलहरुलाई आग्रह
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ११ फागुन, २०८२ मा प्रकाशित
अहिलेको चुनावमा जित्ने र हार्ने भन्दा पनि कसले देशलाई सम्हाल्ने भन्ने सवाल महत्त्वपूर्ण : उपसभापति शर्मा
झापा, फागुन ११ :

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्वाचनको वातावरण बन्दै गएकाले दुविधामा नपर्न आग्रह गरेका छन्। 

नेपाल प्रेस युनियन झापाले आज मेचीनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले निर्वाचन सफल बनाउन निर्वाचन आयोग, सरकार, राजनीतिक दल र मिडियाको महत्त्वपूर्ण भूमिका रहनेमा जोड दिए ।

उनले भने, “निर्वाचन हुनका लागि वातावरण चाहिन्छ । अहिले वातावरण बनेको छ । निर्वाचनको विपक्षमा कोही दल थिए भने पनि अहिले उहाँहरू निर्वाचनमा सहभागी हुनुहुन्छ ।”

निर्वाचन हुनका लागि अहिले बनेको अनुकूल वातावरणलाई थप अनुकूलतातर्फ लैजाने कर्तव्य राज्यको भएको उल्लेख गर्दै उनले निर्वाचनको वातावरणमा असर पु¥याउने आचारसंहिता विपरीतका कुनै गतिविधि नगर्न राजनीतिक दललाई आग्रह गरे ।

उपसभापति शर्माले भने, “विचार र व्यक्तित्वको प्रतिस्पर्धाको महायज्ञ हो । तसर्थ फागुन २१ कै मितिमा निर्वाचन सम्पन्न गराउन जरुरी छ ।” पत्रकारले राखेका विभिन्न जिज्ञासाको उत्तर दिने क्रममा उनले अहिलेको चुनावमा कुन दलले जित्ने र कुनले हार्ने भन्ने भन्दा जेनजी पुस्ताको विद्रोहपछिको विषम परिस्थितिलाई कसले देशलाई सम्हाल्ने भन्ने सवाल महत्त्वपूर्ण भएको बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार