
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू सही कुराका लागि मात्रै अडिग रहने गरेको बताउँदै गलतमा जिद्दी नगर्ने स्पष्ट पारेका छन्। झापामा आयोजित एक कार्यक्रममा उनले आफूमाथि लाग्ने ‘जिद्दी’ को आरोपबारे स्पष्ट पार्दै आफू कहिल्यै पनि गलत वा नराम्रो कुरामा जिद्दी नगर्ने बताए ।
उनले भने, ‘जिद्दी गर्छ भन्ने अलिकति आरोप छ मलाई यस कितावमा । जिद्दी म केमा गर्छु भन्दा, नराम्रो कुरामा कहिल्यै पनि जिद्दी गर्दिनँ, गलत कुरामा कहिल्यै पनि जिद्दी गर्दिनँ, सही कुरामा मात्रै जिद्दी गरेको हुन्छु ।’
किशोरावस्थादेखि नै राजनीतिक परिवर्तनको हुटहुटी बोकेर हिँडेको बताउँदै ओलीले एमालेलाई देशको प्रमुख शक्ति बनाउने आफ्नो अर्को ठूलो लक्ष्य रहेको र त्यसलाई पूरा गरेरै छाडेको दाबी गरे । नेपालमा दुई तिहाइ हैसियतको पार्टी निर्माण गरेको भएपनि त्यसलाई सहन नसक्नेहरूले फुटाएको उनको गुनासो छ ।