बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार राजनीति प्रदेश कोसी प्रदेश

हर्क साम्पाङको टिप्पणी: ७४ लाख सहकारी पीडितहरूको बारेमा बोलियो कि नाइँ ?’

रास्वपाको सभाले सिंहदरबार जलाएको औचित्य पुष्टि गर्‍यो होला नि भन्दै प्रश्न गरेका छन् । किसानलाई फोहोर भन्नेले मजदुरबारे के भन्यो ? सुकुम्वासीका बारेमा के गर्ने रे डोजरले ? भन्ने प्रश्न गरेका छन्।
· बुधबार, १३ फागुन, २०८२ मा प्रकाशित
हर्क साम्पाङको टिप्पणी: ७४ लाख सहकारी पीडितहरूको बारेमा बोलियो कि नाइँ ?’
काठमाडौं, फागुन १३ :

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले  सहकारीपीडित र एमसीसीबारे रास्वपाका दुई जना नेतासंग प्रश्न गरेका छन् ।  

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले इटहरीमा गरेको प्रादेशिक सभालाई लक्षित गर्दै सामाजिक सञ्जालमा साम्पाङले लेखेका छन्, रास्वपा सभापति रबि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलाई सभामा सहकारी पीडितका बारे के बोल्नु भो भन्दै प्रश्न गरेका छन् ।

साम्पाङले भनेका छन्, ‘१४ जिल्लाका कार्यकर्ता उतारेको सभामा नो एमसिसी भन्ने हिम्मत भयो कि भएन ? ७४ लाख सहकारी पीडितहरूको बारेमा बोलियो कि नाइँ ?’

रास्वपाको सभाले सिंहदरबार जलाएको औचित्य पुष्टि गर्‍यो होला नि भन्दै प्रश्न गरेका छन् । उनले लेखेका छन्, ‘किसानलाई फोहोर भन्नेले मजदुरबारे के भन्यो ? सुकुम्वासीका बारेमा के गर्ने रे डोजरले ?’ भन्ने प्रश्न गरेका छन्।

सभामा रास्वपाका वरिष्ठ नेता बोलन्द्र शाहले धरानको खानेपानीको समस्या आफूहरू सरकारमा गएपछि समाधान हुने बताएका थिए ।

उनले सप्तकोशीको पानी लिफ्टिङ गरेर धरान लैजाने र त्यसका लागि ५ अर्ब रुपैयाँ खर्च लाग्ने बताएका थिए । उनले भनेका थिए, ‘अहिलेको सरकारले गर्‍यो कि गरेन जनप्रतिनिधिको पहुँच पुग्यो कि पुगेन ?’

रास्वपाले हिजो सुनसरीको इटहरीमा कोशी प्रदेशस्तरीय आमसभा गरेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार