काठमाडौं, फागुन १३ :

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकलाई संकटबाट बचाउने शक्ति कांग्रेस मात्रै भएको दाबी गरेका छन्। उनले युवापुस्ताको जायज माग सम्बोधन गर्ने क्षमता कांग्रेससँग रहेको भन्दै विकास, सुशासन र समृद्धिको स्पष्ट एजेन्डासहित पार्टी अघि बढ्ने बताएका छन्। शर्माले

महोत्तरीको सदरमुकाम जलेश्वरमा बुधबार आयोजित चुनावी कार्यक्रममा सम्बोधन गर्दै उपसभापति शर्माले उम्मेदवारको प्रतिबद्धता कार्यान्वयनको अनुगमन पार्टीले गर्ने र आवश्यक परे कारबाहीसमेत गरिने स्पष्ट पारे।

उनले भने, ‘कांग्रेसका उम्मेदवारले मत माग्न जाँदा गरेका वाचा जितेपछि पूरा गरे वा नगरे भन्ने विषय अब पार्टीको केन्द्रीय कार्यालयले अनुगमन गर्नेछ।’

देशलाई राजनीतिक अस्थिरताबाट स्थायित्वतर्फ, निराशाबाट आशातर्फ र कमजोर अर्थतन्त्रबाट समृद्धितर्फ लैजान कांग्रेसले फेरि नेतृत्वदायी भूमिका खेल्ने उनले बताए।