बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार राजनीति प्रदेश मधेस प्रदेश

जेनजीको मागअनुसार कांग्रेस परिवर्तित भएर जनतामाझ आएको छः उपसभापति शर्मा

· बुधबार, १३ फागुन, २०८२ मा प्रकाशित
जेनजीको मागअनुसार कांग्रेस परिवर्तित भएर जनतामाझ आएको छः उपसभापति शर्मा
महोत्तरी, फागुन १३ :

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जेनजीको मागअनुसार नेपाली कांग्रेस परिवर्तित भएर जनतामाझ आएको बताएका छन् ।

कांग्रेस महोत्तरीले जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ ले जलेश्वरमा आज आयोजना गरेको चुनावी कोणसभामा उनले परिवर्तका लागि जेनजीले गरेको आन्दोलनको भावनाअनुसार सबैभन्दा पहिले आफ्नो पार्टीमा परिवर्तन आएको दाबी गरे ।

उपसभापति शर्माले जेनजीकै मागअनुसार नै लामो समय पार्टीभित्र पुस्तान्तरणको आवाज उठाउँदै आएका गगनकुमार थापालाई पार्टी सभापति बनाएर चुनावमा आएकाले अब जनताले त्यसको मूल्याङ्कन गर्नुपर्ने धारणा राखे ।

“गत भदौमा भएका जेनजी आन्दोलनमा नवयुवाहरूले सुशासनको कुरा गरे, त्यसका लागि राजनीतिक दलहरू रूपान्तरण आउनुपर्छ भन्ने सन्देश दिए । त्यहीअनुसार हामीले पार्टीमा सुधार सुरु गरेका छौँ, युवालाई देशको बागडोर सुम्पिँदै आउने निर्वाचनपश्चात् पार्टी सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएका छौँ । देशभर नयाँ उम्मेदवार अगाडि सारेर आएका छौँ”, उनले भने ।

उपसभापति शर्माले देशले मागेको विकास, चाहेको परिवर्तन र खोजेको सरकार केवल आफ्नो पार्टीले दिनसक्ने भन्दै यसपालिको निर्वाचनमा जनताले पनि आफूहरूको अभियानलाई अनुमोदन गर्ने विश्वास व्यक्त गरे । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार