बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति प्रदेश कर्णाली प्रदेश

निहत्थामाथि गोली र सिंहदरबार जलाउने प्रवृत्ति अन्त्य हुनुपर्छ : सभापति थापा

अबको पाँच वर्ष स्वर्णिम काल बनाउने वाचा
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १४ फागुन, २०८२ मा प्रकाशित
निहत्थामाथि गोली र सिंहदरबार जलाउने प्रवृत्ति अन्त्य हुनुपर्छ : सभापति थापा
सुर्खेत, फागुन १४ :

नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी निर्वाचनले संविधानलाई सही ट्रयाकमा राख्ने बताएका छन्। सुर्खेतमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै थापाले भदौ २३ र २४ गतेलाई बिर्सन नहुने उल्लेख गरे। उनले ती दिनहरू लोकतान्त्रिक आन्दोलन र राजनीतिक घटनाक्रमका दृष्टिले महत्वपूर्ण रहेको स्मरण गरे।

उनले देशमा अब राज्यको गोलीबाट कुनै निहत्था नागरिकले ज्यान गुमाउन नपर्ने अवस्था सुनिश्चित गर्नुपर्नेमा जोड दिए। साथै, कुनै पनि व्यक्तिले नकाब लगाएर सिंहदरबार जलाउने जस्ता अराजक गतिविधि गर्न नपाउने अवस्था सिर्जना गर्नुपर्ने उनको भनाइ थियो। थापाले लोकतन्त्र, संविधान र विधिको शासनको रक्षा गर्न आगामी निर्वाचन निर्णायक हुने धारणा व्यक्त गरे।

साथै सभापति थापाले अबको पाँच वर्ष स्वर्णिम काल बनाउने वाचा समेत गरे । परिवर्तनको वर्ष बनाउने सपना र योजना रहेको उनको भनाइ थियो। ‘सबै नागरिकले पेटभरी खान पाउनु, कसैले उपचार गर्दा एक रुपैयाँ तिर्न नपरोस्, कसैले पढ्दा एक रुपैयाँ तिर्नु नपरोस्, यही सपना हो,’ थापाले भने।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार