बागलुङ, फागुन १५ :

नेपाली कांग्रेस सभापति गगन थापाले कांग्रेसकै नेताबाट सम्पत्ति छानबिन थालिने बताएका छन् । शुक्रबार बागलुङमा आयोजना गरिएको चुनावी सभामा सभापति थापाले ०४६ सालपछि बनेका प्रधानमन्त्री र पटक-पटक मन्त्री बनेकाको सम्पत्ति छानिबन हुने बताएका छन् ।  थापाले भने, ‘सबैभन्दा पहिला शेरबहादुर देउवा र मेरै सम्पत्ति छानबिन हुने छ ।’

संकल्प गरेका प्रस्तावअनुसार काम पूरा गर्न कांग्रेस दृढ रहेको बताउँदै पाँच वर्षे अविधका एक/एक दिन सदुयोग हुने पनि उनले बताए । देश बनाउने अठोटका साथ कांग्रेस कर्म र संकल्पसहित अगाडि बढेको थापाको भनाइ थियो ।

उनले नेता कार्यकर्तालाई मतदाताको घर र कोठामा गएर भोट माग्न पनि आग्रह गरे ।  बागलुङ क्षेत्र नम्बर-१ मा भीम श्रीष र क्षेत्र नम्बर-२ मा टेकराज पौडल कांग्रेसबाट उम्मेदवार बनेका छन् ।