सुर्खेत, फागुन १७ :

नेपाली कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले माओवादी पार्टी टुक्रिएको र नयाँ भन्दैमा निकास ननिस्कने बताएका छन् ।

आज सुर्खेतमा आयोजित कार्यक्रममा उपसभापति शर्माले नयाँ भन्ने नाममा त्यसले समाधान दिन्छ भन्ने कुराको भ्रम २०६४ सालको चुनावपछि देशले अनुभूति गरिसकेको भन्दै २०७० को चुनावमा कांग्रेसले भन्यो हामीलाई सबभन्दा ठूलो दल बनाउनुस्, हामी दुई वर्षमै संविधान बनाउँछौँ । नभन्दै सुशील कोइरालाको नेतृत्वमा दुई वर्षमै देशले संविधान पाएको बताए । २०७० को चुनावमा ठूलो दल बनेको दुई वर्षभित्र संविधान दिने बाचा कांग्रेसले सुशील कोइरालाको नेतृत्वमा पुरा गरेको बताएका छन् ।

प्रचण्ड, ओली र माधव नेपाल जस्ता नेता पहिला पनि सत्तामा हुँदा संविधान बन्न नसकेको तर कांग्रेसले सबैलाई मिलाएर लैजाँदा मात्र सम्भव भएको उपसभापति शर्माले दाबी गरे ।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा कर्णाली प्रदेशकी संस्थापक महामन्त्री चन्द्रा बिक र सुर्खेतका कार्यवाहक जिल्ला सभापति जगत बस्नेत नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

उपसभापति विश्वप्रकाश शर्माले उनीहरूलाई पार्टीमा स्वागत गरे ।

बिक र बस्नेतसहित रास्वपा परित्याग गरेका दर्जनौँ नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको पार्टीले जनाएको छ ।