बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
समाचार प्रदेश सुदूरपश्चिम प्रदेश

उम्मेदवारसँग माग राख्न नपाउँदा निराश छन् बादी समुदाय

गरिबी, अशिक्षा, बेरोजगारी जस्ता समस्याले आक्रान्त बडुवाल टोलस्थित सीमान्तकृत समुदायमा न राज्यको प्राथमिकतामा पर्यो, न त दल र उमेदवारका ।
सक्रिय न्युज · सोमबार, १८ फागुन, २०८२ मा प्रकाशित
उम्मेदवारसँग माग राख्न नपाउँदा निराश छन् बादी समुदाय
कन्चनपुर, फागुन १८ :

मुलुकभर चुनावी रौनक छाइरहेका बेला कञ्चनपुरको दोधारा चाँदनी–३ स्थित बादी बस्ती सुनसान छ ।

निर्वाचनको मिति नजिकिँदा दल तथा उम्मेदवार मतदाता रिझाउन व्यस्त छन् । तर गरिबी, अशिक्षा, बेरोजगारी जस्ता समस्याले आक्रान्त बडुवाल टोलस्थित सीमान्तकृत समुदायमा न राज्यको प्राथमिकतामा पर्यो, न त दल र उमेदवारका ।

झन्डै तीन दशकदेखि बसोबास गर्दै आएको यो बस्तीमा बादी समुदायसहित अन्य समुदायका एक सय बढी घर परिवारको बसोबास छ । भारतमुखी रोजगारी र दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका यहाँका मतदाताको आशा थियो, निर्वाचनमा दल तथा उम्मेदवारहरुले आफ्ना प्रतिबद्धतामा बादी समुदायलाई छुने खास योजना तथा कार्यक्रम ल्याउनेछन् । तर त्यो आश निराशामा परिणत मात्रै भएन, भोट माग्नसमेत उम्मेदवारहरु बस्तीमा नपुगेपछि बादी समुदाय निराश छन् । “अहिलेसम्म हाम्रो बस्ती कोही नेता भोट माग्न आएनन्”, यहाँका स्थानीय बिरभाने वादीले भने, “यहाँ जङ्गली जनावरको डरले राति भाग्नुपर्ने अवस्था छ नेता नआउँदा हाम्रो माग राख्न पाएनौँ ।”

उम्मेदवाहरु बस्तीमा नपुग्दा यहाँका स्थानीयलाई चुनावले छोएको छैन । भारतसँग सीमा जोडिएको यो बस्तीमा गरिबी, अशिक्षा, बेरोजगारी, हात्ती आतङ्क, बाढी तथा कटान, सुकुम्वासी समस्या, अवैध तस्करी र सीमा विवाद प्रमुख समस्याका रुपमा रहेको यहाँका स्थानीय सीता बादीले बताए । “हाम्रो समस्या धेरै छन् उम्मेदवारहरु भोट माग्न आएनन् हामीले पनि हाम्रो पीडा सुनाउँथ्यौँ,” उनले भने, “सीमानामा हामी धेरै समस्या सहेर बसेका छौँ ।”  हरेक चुनावमा भोट माग्न पुग्ने दल तथा उम्मेदवारहरु यसपटक घरदैलोमा नआएपछि बादी समुदाय माग राख्न नपाएकामा दुःखी छन् ।

सीमानाकाको बस्तीमा अनेक दुःख सहेर पनि सीमाको रक्षाका लागि यहाँ बसोबास गरिरहेको उनको भनाइ छ । “आर्थिक अवस्था कमजोर हुँदा यहाँका बालबालिका पढाइ छोडेर रोजगारीका लागि भारत जान बाध्य छन्,” यहाँका स्थानीय रेशम बादीले भने, “चुनावमा नेताहरु आउलान् र हाम्रो माग राखौँला भन्ने थियो भोट माग्न नेता नै आएनन् ।”

राष्ट्रिय जनगणना २०७८ अनुसार सुदूरपश्चिममा बादी समुदायको जनसङ्ख्या दुई हजार ५८० जना छ भने कञ्चनपुरमा मात्रै ४५८ जना छन् । गरिबी, भूमिहीन र अशिक्षाका कारण यो समुदायको अवस्था दयनीय छ । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार