
काठमाडौं, फागुन १९ :
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी निर्वाचनको मौन अवधिमा सबैले आचारसंहिता पालना गर्नेमा विश्वस्त छन्। उनले अनियमित काम गर्नेलाई पहिचान गरी कारबाही गर्ने समेत बताए ।
निर्वाचन आयोगले मतदान स्थलको ३ सय मिटर वरिपरि प्रचार सामग्री हटाउन र सामाजिक सञ्जालमा गलत प्रचार रोक्न आग्रह गरेको छ।
उनले भने, ‘कुनै कानुनले निषेध गरेको कुरा भयो भने त्यस्ता उम्मेदवारको मनोनयनपत्र खारेज गर्छौं ।’ यदि त्यस्तो कुनै गलत काम भयो भने त्यस्तो सूचना निर्वाचन आयोगलाई दिनुस् आयोगले कारबाही गर्छ उनले भने ।