रामेछाप, फागुन १९ :
रामेछापका २ वटा मतदानस्थलका लागि मंगलबार नयाँ निर्वाचन सामग्री र थप कर्मचारी पठाइएको छ। रामेछाप नगरपालिका–२ स्थित सिरुवारी मतदानस्थलको क र ख मतदान केन्द्र तथा रामेछाप नगरपालिका–३ साँघुटारस्थित मतदानस्थलको क र ख मतदान केन्द्रका लागि निर्वाचन सामग्री र कर्मचारी बोकेको निशान गाडी दुर्घटनामा परेको थियो ।
यी दुवै मतदानस्थलमा मंगलबार कर्मचारीसहित निर्वाचन सामग्री पठाइसकिएको छ। दुर्घटना स्थलबाट मतपत्र, मतदाता नामावलीलगायतका सबै निर्वाचन सामग्री सोमबार राति मुख्य निर्वाचन अधिकृतको कार्यालय मन्थलीमा ल्याइएको थियो। सो दुर्घटनामा मतदान अधिकृत र अर्का एक प्रहरीको मृत्यु भएको थियो ।