बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार राजनीति प्रदेश मधेस प्रदेश

पर्सा क्षेत्र २ का उम्मेदवार मनोज चौधरी बमसहित पक्राउ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २० फागुन, २०८२ मा प्रकाशित
पर्सा क्षेत्र २ का उम्मेदवार मनोज चौधरी बमसहित पक्राउ
पर्सा, फागुन २० :

पर्साको पर्सागढी नगरपालिका बढनिहारबाट प्रहरीले बमसहित नेपाली कम्युनिस्ट पार्टी पर्सा क्षेत्र २ का उम्मेदवार मनोज चौधरीलाई पक्राउ गरेको छ ।

प्रतिनिधि सभा सदस्यका उम्मेदवार चौधरी सवार गाडीमा बम फेला परेको हुनाले उनलाई नियन्त्रणमा लिइएको पर्सा प्रहरीले जनाएको छ । आज बिहान जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गरिएको हो । आज आयोजित पत्रकार सम्मेलन प्रहरी प्रमुख सुदीपराज पाठकले गएराति उम्मेदवार चौधरी  हिँडेको गाडीमा होक्सी बम भेटिएको बताए ।

चौधरी सवार गाडीमा यसरी शङ्कास्पद वस्तु बम भेटिएपछि हामीले बिहान सेनामार्फत डिस्पोज पनि गराइसकेका छौ,  उनले पत्रकार सम्मेलनमा भने ।  चौधरीसहित उनी सवार गाडीमा अन्य तीन जनालाई पनि नियन्त्रणमा लिइएको छ ।

यद्यपि, अनुसन्धान चलिरहेकोले उनीहरूको अरू विवरण गोप्य राखिएको प्रहरीले जानकारी दिएको छ ।उम्मेदवार चौधरी सवार बा १० च  १२५० नम्बरको गाडीसमेत नियन्त्रणमा लिएको छ ।

चौधरीमाथि निर्वाचन ऐन २०७३, मुलुकी फौजदारी संहिता अनुसार विस्फोटक पदार्थ सम्बन्धी कसुर , सार्वजनिक शान्तिविरुद्धको कसुर गरी तीन मुद्दा अन्तर्गत अनुसन्धान बढाइएको पर्सा प्रहरीले जनाएको छ ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार