बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

निर्वाचनको पूर्वसन्ध्यामा काठमाडौंका सडकमा चहलपहल न्यून

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २० फागुन, २०८२ मा प्रकाशित
निर्वाचनको पूर्वसन्ध्यामा काठमाडौंका सडकमा चहलपहल न्यून
काठमाडौं, फागुन २० :

 प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा संघीय राजधानी काठमाडौंका सडकहरू सुनसान देखिएका छन्। निर्वाचनमा सहभागी हुन सर्वसाधारण आ–आफ्नो गृहजिल्लातर्फ प्रस्थान गरेपछि राजधानीमा सवारी साधनको चापसँगै मानिसहरूको चहलपहल उल्लेख्य रूपमा घटेको हो।

दैनिक अत्यधिक भीडभाड हुने मुख्य सडकहरूमा समेत सवारी आवागमन कम देखिएको छ। बजार क्षेत्रहरू पनि सामान्य दिनहरूको तुलनामा शान्त देखिएका छन्। उपत्यकाबाट ठूलो संख्यामा मतदाता बाहिरिएको ट्राफिक प्रहरीले जनाएको छ।

प्रतिनिधिसभा सदस्यका लागि मतदान भोलि फागुन २१ गते बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ। निर्वाचनलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको छ भने मतदातालाई निर्धक्क भई मतदानमा सहभागी हुन आह्वान गरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार