सर्लाही, फागुन २० :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सर्लाही क्षेत्र नम्बर ३ मा उम्मेदवारी दिएका नरेन्द्र साह कलवार पनि कर्जा सूचना केन्द्रको कालोसूचीमा भेटिएका हुन् । 

केन्द्रले राखेको विवरणअनुसार कलवारलाई पछिल्लोपटक २०८१ मंसिर ५ गते कालोसूचीमा राखिएको थियो ।  उनले बैंकबाट लिएको कर्जा अझै फर्च्यौट गरेका छैनन् । उनी कालोसूची अहिले पनि यथावत छन् । उनको उम्मेदवारीबारे आयोगले के गर्छ त्यो भने हेर्न बाँकी छ ।

धनुषा-१ का रास्वपा उम्मेदवार साहको उम्मेदवारी खारेज
 

यसअघि उक्त सूचना केन्द्रको कालोसूचीमा भेटिएपछि निर्वाचन आयोगले मंगलबार धनुषा क्षेत्र नम्बर–१ बाट रास्वपाका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज गरिदिएको थियो । कलावर माओवादी छाडेर रास्वपातिर लागेका व्यक्ति हुन् । कलवार २०७९ को निर्वाचनमा माओवादी केन्द्रबाट उम्मेदवार थिए ।