शनिबार, २४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष #एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
समाचार प्रदेश बागमती प्रदेश

भरतपुर मावि मतदानस्थलमा सबै कर्मचारी र सुरक्षाकर्मी महिला

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २० फागुन, २०८२ मा प्रकाशित
भरतपुर मावि मतदानस्थलमा सबै कर्मचारी र सुरक्षाकर्मी महिला
चितवन, फागुन २० :

भोलि(बिहीबार) हुने प्रतिनिधिसभा निर्वाचनका लागि चितवनस्थित भरतपुर माविलाई नमुना मतदानस्थल बनाइएको छ । मतदानको लागि चितवन क्षेत्र नम्बर २ स्थित भरतपुर माध्यमिक विद्यालयमा रहेको मतदानस्थलमा सबै निर्वाचन कर्मचारी र सुरक्षाकर्मी महिला रहेका छन् ।  मतदानस्थलमा सबै काम महिला कर्मचारीबाटै हुने मतदान अधिकृत सुशीला वाग्लेले बताइन् । 

उक्त नमुना मतदान स्थलमा मतदान केन्द्र निर्माण देखि मतदान सम्पन्न गर्ने सम्पुर्ण काम महिला कर्मचारी र महिला सुरक्षाकर्मीले गर्नेछन् । उक्त मतदान स्थलमा २४ जना महिला कर्मचारी र २७ महिला निर्वाचन सुरक्षाकर्मीहरू रहेको मतदान अधिकृत वाग्लले बताइन् । निर्वाचनको आवश्यक प्रक्रिया पूरा गरिसकेको र तोकेको समयमा नै मतदान गर्ने तयारीमा रहेको उनले जानकारी दिइन् ।

उक्त मतदानस्थलमा विगतका पनि महिला कर्मचारी र सुरक्षाकर्मीले नै निर्वाचन गराएका थिए । चितवनको १ सय ६२ मतदान स्थल मध्ये भरतपुर माविको मतदान स्थल मात्र महिला कर्मचारी र सुरक्षाकर्मीले मतदान गराउने नमुना स्थलको रूपमा रहेको छ । उक्त मतदान स्थलमा करीब ३ हजार ७ सय मतदाताले मतदान गर्नेछन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार