
दोलखा, फागुन २१ :
दोलखाको बेदिङवासीले मतदान बहिष्कार गरेका छन् । गौरीशंकर गाउँपालिका-९ बेदिङमा मतदाताले मतदान बहिष्कार गरेका हुन् ।
कोही पनि उमेदवार मत माग्न नआएको र आफूहरुको गुनासो पनि नसुनेको भन्दै उनीहरुले मतदान बहिष्कार गरेका हुन् । बेदिङमा १ सय ३३ मतदाता छन् । अहिलेसम्म पनि कोही मतदाता मत खसाल्न नआएको बताइएको छ ।