झापा, फागुन २१ :

काठमाडौँमा मतदान गरेर हेलिकप्टरमार्फत झापा पुगेका बालेन्द्र शाहलाई तत्कालै फर्काइको छ । मतदान चलिरहँदा बालेन आए लफडा हुने एमालेको चेतावनीपछि निर्वाचन आयोगले काठमाडौँ नै फर्काएको खुलेको छ।

बालेनलाई काठमाडौँ–झापा रुटमा मात्र हेलिकप्टर प्रयोग गर्न निर्वाचन आयोगले अनुमति प्रदान गरेकोमा  बुधबार नै एमालेले आपत्ति जनाएको थियो। 

यसअघि मौसमका कारण भनिए पनि सुरक्षाका कारण फर्काइएको बालेनको टिमका एक सदस्यले पुष्टि गरे। त्रिभुवन विमानस्थलबाट उडेको ३० मिनेटपछि हेलिकप्टर फर्किएको थियो। केपी ओलीले पनि झापा जाने कार्यक्रम स्थगित गरेका थिए। झापामा देशकै सबैभन्दा सुरक्षा खतरा आकलनसहित बाक्लो संख्यामा सेना र प्रहरी तैनाथ गरिएको छ ।