काठमाडौं, फागुन २१ :

निर्वाचन आयोगले पत्रकार सम्मेलन गरेर मतदान सम्बन्धी जानकारी गराउने भएको छ । साँझ सवा ६ बजे पत्रकार सम्मेलन गरेर देशभर कहाँ कसरी मतदान भयो र कति प्रतिशत मत खस्यो भन्ने बारेमा जानकारी गराउने छ ।

आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले मतदान सम्बन्धी अद्यावधिक जानकारी दिन पत्रकार सम्मेलन गर्न लागेको बताए । बिहान ७ बजेदेखि सुरु भएको निर्वाचन साँझ ५ बजेसम्म जारी रहनेछ । निर्वाचन आयोगले पछिल्लो समय दैनिक जसो पत्रकार सम्मेलन गरेर निर्वाचन गतिविधिका बारेमा जानकारी गराउँदै आएको छ ।