
काठमाडौं, फागुन २१ :
रास्वपा वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वमा आज लोकतन्त्रले जितेको उल्लेख गरेका छन् ।
मतदानको निर्धारित समय सकिने बित्तिकै सामाजिक सञ्जालमार्फत उनले प्रधानमन्त्री कार्कीलाई आमा भनी सम्बोधन गर्दै यस्तो बनाएका हुन् ।
प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा देशमा लोकतन्त्रले जितेको बताएका छन् । उनले प्रधानमन्त्री कार्कीको तस्वीर सेयर गर्दै लेखेका छन्, ‘हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ,आमा।’
जेनजी आन्दोलनपछि बनेको कार्की नेतृत्वको सरकारले छिटपुट विवाद बाहेक देशभर शान्तिपूर्ण रुपमा मतदान सम्पन्न गरेको छ ।