
काठमाडौं, फागुन २२ :
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रतिनिधिसभा निर्वाचनको मत परिणामलाई स्वीकार गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै उनले मतदाताको फैसला सबैका लागि स्वीकार्य हुने बताएका हुन्।
शर्माले निर्वाचनको पछिल्लो परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हासिल गरिरहेको अग्रतालाई लोकतान्त्रिक अभ्यासको रूपमा स्वागत गरेका छन्। उनले लेखेका छन्,’बुलेटबाट उदाएको माओवादीलाई स्वागतको संयम दोहोर्याउँदै ब्यालेट (मतदान)बाट आउँदै गरेको रास्वपालाई स्वागत छ।’
उनले रास्वपाको यो उदयलाई अप्रत्याशित नभएको टिप्पणी गरेका छन्।