
चितवन, फागुन २२ :
चितवन क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले फराकिलो अग्रता लिएका छन्।
पछिल्लो मत गणनाअनुसार रविले १०८२२ मत प्राप्त गर्दा नेपाली कांग्रेसकी मीना खरेलले ३२२७ मत पाएकी छन् भने एमालेका अस्मिन घिमिरेले २८४६ र नेकपाका प्रताव गुरुङले १८४४ मत पाएका छन् ।