
काठमाण्डौं, साउन १७: नेकपा एमालेले प्रदेश इन्चार्जहरु हेरफेर गरेको छ । आज बसेको एमाले सचिवालय बैठकले बागमतीमा राजन भट्टराई, कोशी प्रदेशको इन्चार्जमा शेरधन राई, मधेसमा लिलानाथ श्रेष्ठ, गण्डकीमा किरण गुरुङ, लुम्बिनीमा पदमा अर्याल, कर्णालीमा गोरखबहादुर बोगटी र सुदूरपश्चिममा लेखराज भट्टलाई इन्चार्ज तोकेको छ ।
यसअघि कोशीमा रघुवीर महासेठ, मधेशमा योगेश भट्टराई, बागमतीमा गुरुप्रसाद बराल र गण्डकीमा गोकर्ण विष्ट इन्चार्ज हुनुहन्थ्यो । बराललाई बढुवा भएर उपाध्यक्ष मनोनित भएकाले इन्चार्जको जिम्मेवारीबाट हटाईएको हो ।
सचिवहरु गोकर्ण, योगेश, रघुबीर र छबिलाल विश्वकर्माले भने चुनाव जितेकाले दोहोरो जिम्मेवारी नदिने नीति अन्तर्गत इन्चार्जबाट हटाईएको पार्टीले जनाएको छ ।