बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
समाचार खेलकुद क्रिकेट

नेपालद्वारा क्यानाडासामु १४० रनको लक्ष्य प्रस्तुत

· मंगलबार, १६ असोज, २०८१ मा प्रकाशित
नेपालद्वारा क्यानाडासामु १४० रनको लक्ष्य प्रस्तुत
काठमाण्डौं, असोज १६ :

क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा नेपालले घरेलु टोलीलाई जितका लागि १ सय ४० रनको लक्ष्य दिएको छ ।

क्यानडाको किंग सिटीमा टस हारे ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३९ रनको मध्यम योगफल तयार गरेको हो ।

नेपालले राम्रो सुरुवात गरेपनि  ओपनर बाहेकका अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न नसक्दा मध्यम योगफलमा समेटिएको हो ।

नेपालका लागि ओपनर अनिल शाहले ३० बलमा ४ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ४१ रन जोडे ।

पहिलो विकेटका लागि अर्का ओपनर आसिफ शेखसँग मिलेर शाहले ५५ बलमा ७० रन जोडे । आसिफले ३० बलमा ३ चौका र १ छक्काको सहयोगमा ३० रन बनाए ।

गुलशन झाले बलमा चौका र छक्काको सहयोगमा २३ रन बनाए । एक समय ९ ओभरमा कुनै विकेट नगुमाई ७० रन बनाएको नेपालले बाँकी ११ ओभरमा ६ विकेट गुमाएर ६९ रन मात्र जोड्न सक्यो ।

क्यानडाका लागि हर्ष ठाकरले २ तथा डेलिन हेलिगर, अखिल कुमार, प्रविन कुमार र साद विन जाफरले समान १ विकेट लिए ।
आइतवार भएको सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग १४ रनले पराजित भएको थियो ।

पहिलो खेलमा १ सय २४ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा १ सय ९ रन बनाउँदै अल आउट भएको थियो ।

दोस्रो खेलमा भने नेपालले ओमानमाथि जित हासिल गरेको थियो । १ सय ७७ रनको चुनौतीपुर्ण लक्ष्य पछ्याएको ओमान १९.१ ओभरमा १ सय ३९ रन बनाउँदै अल आउट भएको थियो ।

सिरिजको अर्को खेलमा ओमानले क्यानडालाई पराजित भएको थियो । दुवै टोली सिरिजमा दोस्रो जितको खोजीमा रहेका छन् । नेपालले चौथो खेलमा बुधवार ओमानको सामना गर्नेछ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार